‘द्रौपदी’ को डोल्पाबाट छायांकन सुरु

काठमाडौँ। निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘द्रौपदी’ को बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर चलचित्रको स्क्रिप्ट करिब ४ बर्ष लगाएर लेखिएको लेखक र निर्माता समेत रहेका निर्देशक आचार्यले बताएका छ्न ।
चलचित्रमा आश्विनी शाही,गायक रबि ओड,कबिराज भाम,जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । रबि ओडको संगीत रहेको चलचित्रको निर्माण ब्यबस्थापनमा बिमला भुसाल छिन् भने चलचित्रलाई मोहनकुमार झिल्लुले खिच्दैछन ।
ऋषिराज आचार्य,बिष्णु ठडराई (सुबास ),प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह-निर्माता रहेको चलचित्रको लेखन,गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । `द्रौपदी´ को सम्पूर्ण छायांकन डोल्पा जिल्ला आसपासमा गरिने निर्माण टिमले जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने








