सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु

सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उहाँको आइल्याण्डपिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र १९, बिहीबार १२:२९तनहुँमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १९, बिहीबार ०९:३७ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’को पोस्टर सार्वजनिक
खेलकुद२०८२ चैत्र १९, बिहीबार ०७:३६दिल्ली क्यापिटल्ससँग लखनउ सुपर जायन्टस स्तब्ध
समाचार२०८२ चैत्र १९, बिहीबार ०७:२३नेपाल उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा रुद्रबहादुर खत्रीको उम्मेदवारी घोषणा







