संचारकर्मी राजेन्द्र लुईटेल राष्ट्रपतिबाट सम्मानित

काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का किर्तिमानी डा.डिआर उपाध्यायले लेखेका हुन भने किर्तिमानी संगीत सन्तोष श्रेष्ठ र किर्तिमानी सागर अधिकारी शरदले दिएका हुन । भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन् ।
उक्त समारोहलाई सम्बोधन गर्दै विश्वकिर्तिमान कामय गरि देशको नाम फरक ढंगबाट चिनारी गराईएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले विविध कष्टका बाबजुद पनि आफ्नो लक्ष्यमा पुगेर कीर्तिमान कायम गर्नुभएको भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । ‘विभिन्न कष्ट, दुःख पाएर पनि आफ्नो लक्ष्यमा पुग्नुभयो, यो प्रशंसनीय कार्यका लागि बधाई तथा शुभकामना दिन चाहन्छु,’ उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूले कायम गरेको यस्ता कीर्तिमानले राष्ट्रको नै गौरव बढाउने बताउनुभयो ।
संचारकर्मी समेत रहेका लुईटेल यस अघि २०२१ मा पनि तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट गिनिज अफ वल्र्ड रेकर्डबाट सम्मान प्राप्त गरिसकेका थिए । भारतको प्रतिष्ठित दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड,युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड,युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड,महात्मा गान्धि ईन्टरनेशनल अवार्ड,ग्लोबल ईन्टरनेशनल अवार्ड,डा.एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२,एमएसएन एक्सिलेन्सी अवार्ड,ब्रिलियन्ट इकोस्टार अवार्ड,डव्लुएसी बुक अफ रेकर्ड लगायत एक दर्जन वढि प्रतिष्ठित अन्तराष्टिय अवार्ड तथा सम्मान प्राप्त गरिसकेका लुईटेलले राष्टियस्तरका सयौं संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन ।
कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष समेत रहेका लुईटेलले भारत लगायत दुवई,अजरवैजान,ईजिप्ट,थाईलैण्ड,कतारमा समेत सम्मानित भइसकेका छन । एक दशक भन्दा लामो समयदेखि संचारकर्ममा सक्रिय लुईटेल भिडियोमा अभिनय हुदै निर्माणमा सक्रिय रहदै आएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०७:४५सिद्धलेकमा गाउँपालिका अध्यक्षसँग आमा समूहको अन्तरक्रिया कार्यक्रम









