आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति मातृभाषी चलचित्रको निर्माण,प्रवर्धन सहकार्य र बजारीकरण सम्बन्धि विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम गरिएको हो। चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषी सम्बन्धित सम्पूर्ण संघ संस्थाको सहभागिता रहेको थियो।
आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजक ज्योति राज राईको सभापतित्वमा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राज कुमार राई, सुनुवार सेवा समाज संघिय समिती तथा आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राई,निर्देशक सुरज सुब्बा नाल्बो,निर्माता तथा निर्देशक मिलन चाम्लिङ राई, भाषाबिद डा.लाल रापचा सुनुवार,तमु ह्युला छोजधी केन्द्रिय समितीका उपाध्यक्ष धनमान गुरुङ, गुरुङ फिल्म एशोसियसन नेपालका गुन्ज गुरुङ,: याक्थुङ चलचित्र कर्मि संघ नेपालका उपाध्यक्ष तथा चलचित्र निर्माता सैलेन्द्र नाल्बो, मगर चलचित्रकर्मी संघका अध्यक्ष भिम बहादुर राना मगर, माझी चलचित्रकर्मी संघका उपाध्यक्ष बिवस कुमार माझी, बागमती प्रदेशका पुर्व संसद तथा माझी महिला उत्थान संघका अध्यक्ष रीता माझी, नेपाल माझी उत्थान संघ केन्द्रिय समितिका कोषाध्यक्ष सन्तलाल माझी,किरांत राई यायोक्खाका उपाध्यक्ष श्री जनक राई लगाएतको थुप्रै चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।

आदिवासी जनजाति मातृभाषी चलचित्रहरुकर्मीहरु एक हुनु पर्छ,जनजाति मातृभाषी चलचित्रहरुकर्मीहरुबीच समन्यव हुनु पर्छ,आदिवासी जनजाति मातृभाषी चलचित्रहरुकर्मीहरु एक भएर आफ्नो कला संस्कृति र आफ्नो मातृभाषालाई कसरी अगाढी बढाउन सकिन्छ भन्ने मुख्य उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो। आदिवासी जनजाति मातृ संघहरुले आफ्नो स्थानबाट कामहरु गरि रहेका छन्। आदिवासी जनजाति मातृ संघहरु र चलचित्रकर्मीहरुको समन्यव हुनु जरुरी रहेको र आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले त्यो कार्यलाई अघि बढाई रहेको आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिका संयोजक ज्योति राज राईले बताए।
कार्यक्रममा बोल्ने सबैले आदिवासी जनजाति मातृभाषी चलचित्रहरु क्वालिटी र मौलिक कथामा निर्माण गरेर बजार बिस्तार गर्नु पर्ने बताए। आदिवासी जनजाति मातृभाषी चलचित्रहरुले पनि नेपाली चलचित्रका दर्शक पाउन सक्ने आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजक ज्योति राज राईले बताए।
कार्यक्रमको संचालन अम्वर लामाले गरेका थिए। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिमा संयोजक ज्योति राज राई,सदस्यहरुमा अमर लामा , बिस्वास मगर, सगिना सुनुवार, रबिन गुरुङ, लक्ष्मी योङहाङ, अमृता माझी र सदस्य सचिवमा हरि सिंह रैखोला रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ बैशाख ७, सोमबार १२:०१अब अपाङ्ग पहुँचमैत्री सुविधा सरकारी ‘वेबसाइट’मा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार२०८३ बैशाख ७, सोमबार ०८:००बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?








