गएको एक बर्षमा मात्र क्षयरोगका ७० हजार नयाँ बिरामी थपिए

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसैगरी क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।
क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।
केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भन्नुभयो, “क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।” हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।
उहाँले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमश : सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो । नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ । ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १८, शनिबार २०:२७सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
समाचार२०८२ जेष्ठ १८, शनिबार १९:४२पूर्व राष्ट्रपति भण्डारी र चीनका उपराष्ट्रपति हान चेङबीच भेटवार्ता
कला, विचार/मनोरञ्जन२०८२ जेष्ठ १८, शनिबार १९:३५बेनीशा र नरेनको ‘बिगुल’ चितवनमा
कला, विचार/मनोरञ्जन२०८२ जेष्ठ १८, शनिबार १९:२८चलचित्र ´ महाभोज ` को प्रदर्शन मिति तय