नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्रमा डढेलो

नुवाकोटमा करिब दुई हजार रोपनी वनमा डढेलोले क्षति पुर्याएको छ । डढेलोका कारण उक्त क्षेत्रमा वन पैदावर र वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका हुन् । गत फागुन पहिलो सातादेखि सुरु भएको यस वर्षको डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालयका प्रमुख रोशना पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका विभिन्न स्थानका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी वन क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको छ । “डढेलोका घटना धेरै बढ्न थालेकाले न्यूनीकरण र रोकथामका लागि सचेतना जगाउन केन्द्रित भएका छौँ”, डिभिजनल वन अधिकृत पोखरेलले भन्नुभयो, “अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलो लाग्ने वनको सङ्ख्या र क्षेत्रफल बढेको छ, पर्याप्त हिउँदे वर्षा नहुनु र मानवीय लापरबाहीबाट डढेलो फैलिएको छ ।”
डिभिजन वन कार्यालयले सुक्खायामको समयमा हुनसक्ने डढेलो नियन्त्रण गर्न १० जना हरित स्वंयसेवक नियुक्त गरेर सचेतना र नियन्त्रणका लागि परिचालन गरेको छ । डढेलो नियन्त्रणका लागि सम्बन्धित वनका उपभोक्तालाई जागरुक र लापरबाही गर्नेलाई दण्ड, जरिवानाको कानुनी व्यवस्थासम्बन्धी सचेतनाका कार्यक्रम बढाएको कार्यालयका सूचना अधिकारी राजकुमार यादवले बताउनुभयो ।
उहाँका अनुसार अधिकांश डढेलो मानवीय लापरबाही र त्रुटिबाट भएको पाइएको छ । केही स्थानमा नियतबस लगाएको पाइएकाले संलग्नको खोजी भइरहेको छ । नियतबस डढेलो लगाएको पुष्टि भएमा तीन वर्ष कैद र रु ६० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । नुवाकोटका करिब चार सय सामुदायिक, राष्ट्रिय र निजी वन रहेका छन् । ती वनबाट ४० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुँदै आइरहेका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १९, आईतवार ११:४२बचतकर्ताको रकम हिनामिना गर्ने राय पक्राउ
स्वास्थ्य/जानकारी टिप्स२०८२ जेष्ठ १९, आईतवार ०८:३९चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
समाचार२०८२ जेष्ठ १८, शनिबार २०:२७सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
समाचार२०८२ जेष्ठ १८, शनिबार १९:४२पूर्व राष्ट्रपति भण्डारी र चीनका उपराष्ट्रपति हान चेङबीच भेटवार्ता