बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति

बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ ।
नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच प्रदेश सभाको बाँकी समय सहकार्य गर्ने लगायत ५ बुँदे सहमति भएको हो ।
सहमति अनुसार बाँकी कार्यकाल दलहरुबीच आलोपालो गरी प्रदेशको नेतृत्व लिने जनाइएको छ ।
बिहीबार साँझ बसेको बैठकले राजनीतिक स्थायित्व, विकास र सबृद्धि, नागरिकको चाहनालाई आत्मसाथ गर्दै ४ दल मिलेर प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने निर्णय गरिएको छ ।
केन्द्रमा बनेको सत्ता समिकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागि दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने चार दलले निर्णय गरेका छन् ।
सरकार सञ्चालनका लागि समिकरणमा आबद्ध दलहरुको प्रतिनिधित्व रहने गरी प्रदेशस्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति तथा कार्यक्रम बनाउने दलहरुबीच सहमति छ ।
त्यस्तै दलहरुको सहमतिका आधारमा मात्र मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय पनि गरेका छन ।
सहमति पत्रमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दललाई पनि समिकरणमा सहभागि हुन अनुरोध गर्ने निर्णय भएको छ ।
सहमति पत्रमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…








