Home समाचार बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितलाई करिब ४३ अर्ब रुपैयाँ मुआब्जा वितरण

बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितलाई करिब ४३ अर्ब रुपैयाँ मुआब्जा वितरण

34
0

जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितलाई करिब ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

१२ सय मेगावाटको यो आयोजनाका लागि अहिलेसम्म झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको उहाँले बताउनुभयो  । केही छुटेका तथा विभिन्न समस्याले रकम नपाएकालाई मात्र मुआब्जा वितरण बाँकी रहेको र उनीहरुलाई पनि छिट्टै मुआब्जा वितरण गरिने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा र धादिङको सीमा क्षेत्रमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाका कारण धादिङका १३ र गोरखाका १४ गरी साविक २७ गाविसका बासिन्दा प्रभावित हुनेछन् । आयोजनाले ३ हजार ५ सय ६० परिवार पूर्ण रूपमा विस्थापित हुने छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleबलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन्
Next articleसूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here