मुग्लीन नजिकै त्रिशुलीमा ट्याक्सी खस्यो, सवार ५ जनाकै मृत्यू

काठमाण्डौ बाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी मुग्लीन नजिकै त्रिुशली नदिमा खसेको छ । आज बिहान मुग्लीन बाट १ किलोमिटर काठमाण्डौ तर्फको सडकबाट ट्याक्सी २ सय मिटर तल त्रिशुली नदिमा खसेको हो ।
ट्याक्सीमा गोरखा नगरपालिका वडा न ७ का बासिन्दाहरु सवार रहेका घटनास्थलबाट स्थानियहरुले बताएका छन् । ट्याक्सीमा ५ जना यात्रु सवार रहेको उनिहरुको भनाई छ ।
ट्याक्सी नदिमा आदि डुबेको र देखिएका यात्रु सवै मृत अवस्थामा रहेको उद्धारमा संग्लग्न सुरक्षाकर्मीहरुले बताएका छन् । आफन्तको मृत्यू पश्चात दाहसंस्कार गरेर फर्कने क्रममा उनिहरु एउटै ट्याक्सीमा आएको स्थानियहरुले बताएका छन् ।
घटनास्थलमा हाल नेपाल प्रहरी,सशस्त्र प्रहरीको विपद व्यवस्थापन गण कुरिनाटारको टोलीले उद्धार गरिरहेका छन् ।मृतकहरुको पहिचान भने भइसकेको छैन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार १३:२१सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
समाचार२०८२ फाल्गुन १०, आईतवार ११:४९खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा







