अनमोलको जन्मदिनमा ‘फर्की फर्की’ को फस्टलुक सार्वजनिक

काठमाडौँ। अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर चलचित्र ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको फस्टलुकमा अनमोल केसीलाई मात्र स्थान दिइएको छ ।
अनमोलका यसअघिका लभ स्टोरी फिल्मको पोष्टर भन्दा यो पोष्टर विल्कुलै फरक छ । फिल्मको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।
लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।
चलचित्र ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीको साथमा जसिता गुरुङको मुख्य भूमिका छ । साथमा चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक सुयोगकै कथा तथा पटकथा रहेको चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीको पाइपलाइनमा अन्य दुइ सिनेमा पनि रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’
समाचार२०८३ बैशाख १०, बिहीबार १३:५७प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण नगर्ने
खेलकुद२०८३ बैशाख १०, बिहीबार ११:१८आजबाट शुरु « रिपोर्टर्स नेपाल








