बालुवाटार बैठक: टिआरसी विधेयकमा सहमतिको प्रयास

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष एमाले केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बीच संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित टिआरसी विधेयका विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ भएको छलफलमा टिआरसी विधेयकलाई कसरी सहमतिमै सदनमा अघि बढाउने विषयमा छलफल भएको हो ।
”प्रधानमन्त्रीले टिआरसी विधेयकमाथि छलफल गर्न शीर्ष नेताहरुलाई बोलाउनु हो । टिआरसी विधेयकलाई प्रमुख दलहरुको सहमति साथ सदनमा अघि बढाउने विषयमै आजको छलफल केन्द्रीत थियो” प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्यो ।
बैठकमा शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसि विधेयक अतिरिक्त भोलि बस्ने भनिएको संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि छलफल भएको बताइएको छ । भोलि विहान संवैधानिक परिषदको बैठक बस्दै छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









