`घरज्वाइँ´का २ पोस्टर – एउटामा दयाको बन्दुक बोकेको रवाफिलो अन्दाज, अर्कोमा डोको बोकेर मिरुना पछ्याउँदै

`घरज्वाइँ´ सिनेमाले दुईवटा पोस्टर सार्वजनिक गर्दै आफ्ना दुई मूल पात्रको लुक्स सार्वजनिक गरेको छ।
सार्वजनिक भएका दुई पोस्टरमध्ये एकमा अभिनेता राईलाई बन्दुक बोकेको रवाफिलो अन्दाजमा प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा भनेर उनै दयालाई डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरलाई पछ्याइरहेको देख्न सकिन्छ। सो पोस्टरमा मिरुनाले उनको कपडा बुनिरहेको देख्न सकिन्छ।
अनिल बुढा मगर निर्देशित यो सिनेमा मगर संस्कृतिमा आधारित रहेको छ।
सिनेमामा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगर आदिको अभिनय रहेको छ ।
सिनेमा असार २८ गते रिलिज हुनेछ।
पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको `घरज्वाइँ´को कथा तथा पटकथा स्वयम् निर्देशक बुढाले लेखेका हुन् भने संवादमा भने उनले विनोद खतिवडा तथा सुभास कोइरालासँग सहकार्य गरेका छन्।
सुसन प्रजापतिले खिचेको सिनेमामा हर्क साउद शब्द तथा मनोज थापाको संगीत छ भने रामजी लामिछाने कोरियोग्राफर हुन् ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









