विश्वासको मत पाउनेमा मुख्यमन्त्री ढुक्क, विपक्षमा मतदान गर्न काग्रेसको निर्देशन

विश्वासको मत पाउनेमा मुख्यमन्त्री ढुक्क, विपक्षमा मतदान गर्न काग्रेसको निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो ।

हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विस्वासको मत लिने वातावरण तयार पार्नुभएको छ ।

संबैधानिक ब्यबस्था अनुसार चैत्र २२ गतेभित्र विश्वासको मत लिनुपर्ने भएपनि उनले १९ गते नै विश्वासको मत लिने तयारी गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार तेस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नियुक्त हुनुभएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुभएको थियो । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ । बागमतीमा पटक-पटक गठबन्धन फेरिएपनि जम्कट्टेलले मुख्यमन्त्रीको पद भने छोड्नुपरेको छैन । तेस्रो पटक पनि विश्वासको मत पाउनेमा मुख्यमन्त्री जम्कट्टेल ढुक्क हुनुहुन्छ ।

नेपाल टेलिभिजनसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले चार दलिय समिकरणसँग बहुमत रहेकाले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

विपक्षमा मतदान गर्न काग्रेसको निर्देशन

नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले बताउनुभयो । बागमती प्रदेशको सबैभन्दा ठूलो दल काँग्रेसको ३७ सिट रहेको छ ।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । नयाँ सत्ता समिकरण अनुसार बागमतीमा नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्राचार्य सहभागी भएसँगै मुख्यमन्त्रीको पक्षमा ५६ मत पुगेको छ । सरकार बाहिर रहेका अन्य दल राप्रपाको १३ र नेमकिपाको ३ मत रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *