मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्नेको पछाडी लाग्दैनौँ- रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा पार्टी विभाजनको नजिक पुगेको छ ।
सोमवार फेसुबुक स्टटास राख्दै पार्टी संस्थापक नेता रेशमलाल चौधरीले जसरी पनि सत्ताको हालिमुहाली गर्नेको पछाडी आफुहरु नलाग्ने स्पष्ट पार्नु भएको हो ।
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनको विषयलाई लिएर पार्टी भित्र अध्यक्ष रञ्जिता चौधरी र उहाँका पति रेशम चौधरीबीचको विवाद नेता कार्यकर्ता बीच हात हालाहालको अवस्थामा पुगेको छ ।
सोमबार अनामनगरस्थित पार्टी कार्यालयमा दुई पक्षबीच कुटाकुट भएको र रेशमले अर्को पक्षलाई ज्यान मार्ने धम्की दिएको समाचार आइरहेका बेला रेशम चौधरीले फेसबूकमार्फत गरेको खण्डनले पार्टी फुटको संघारमा पुगेको अनुमान कठिन छैन ।
‘पार्टीको बैठकमा कसले कसलाई हातपात गर्यो, ज्यान मार्ने धम्की कसले दियो, सुन्ने/हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौं,’ रेशमले फेसबूकमा लेखेका छन्, ‘अनावश्यक हो-हल्लाको पछि नलागौं । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो ।’
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…








