Home समाचार नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो

नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो

4
0

जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिए । सोमबार भएको अर्धवार्षिक समीक्षामा तलबको विषयमा प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र नगरप्रमुख डम्बर रावतले सम्बोधन नगरेको उनले सुनाए ।

नलगाडको विकास बजेट २० प्रतिशत पनि खर्च नभएको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराई र अन्य कर्मचारीबीच तालमेल नमिल्दा बजेट खर्चदेखि सेवा प्रवाहमा असर परेको छ । नगरप्रमुख रावत र प्रमुख प्रशासकीय अधिकृत भट्टराईको बीचमा काम गर्ने विषयमा तालमेल नमिल्दा सबै काम ठप्प भएको नगरप्रमुखको सचिवालले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृतले भनेको केही नगरी आफ्नै तरिकाले चल्न खोज्दा समस्या भएको सचिवालयले जनाएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिकाबाट दुई महिनामै फिर्ता पठाएका भट्टराई नलगाडमा सोही व्यवहार दोहोर्याउन थालेको सचिवालयको भनाइ छ । पत्र काटेर फिर्ता पठाइदिन अधिकृत भट्टराईले नगरप्रमुख रावतलाई धम्की दिने गरेका छन् ।

अधिकृत भट्टराईको दबाबका कारण प्राविधिक शाखाका इञ्जिनियर उमेश खड्काले जागिरबाट राजीनामा दिई काठमाडौँ गएका थिए । नगरप्रमुखले सम्झाईबुझाई गरेर प्रमुख प्रशासकीय अधिकृतलाई काममा लगाएको सचिवालयले जनाएको छ । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  भारतले धान, चामल निर्यातमा कर लगाउँदा आयात ह्वात्तै घट्यो
लेखकसँग सम्बन्धित खबरहरु
Previous articleटस हारेर बरोडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
Next articleनेपालले दियो बरोडालाई १५७ रनको मध्यम लक्ष्य