Home कला, विचार/मनोरञ्जन ‘डिग्री माइला’ चैत ३० देखि नेपाल संगै अस्ट्रेलिया र अमेरिकामा पनि

‘डिग्री माइला’ चैत ३० देखि नेपाल संगै अस्ट्रेलिया र अमेरिकामा पनि

13
0

काठमाडौँ। दयाहाङ राई स्टारर सिनेमा ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ मा नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी दिएको हो ।

सिनेमालाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार सिनेमा अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।

अष्ट्रेलियामा buyonlineticket.com.au बाट सिनेमाको टिकट काट्न सक्नेछन् । यसैगरी यो अमेरिकाका ४० बढि शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माणपक्षले दिएको छ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा फिचर भएका दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । सिनेमामा आँचल शर्मा दयाको जोडी बनेकी छन् । सिनेमामा उनीहरुको अन्तरजातिय प्रेम हेर्न सकिनेछ ।

उनीहरुका अलावा सिनेमामा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । सिनेमालाई यस वर्ष बल्कबस्टर व्यापार गर्नसक्ने सिनेमाको सूचिमा राखिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनेपालले दियो बरोडालाई १५७ रनको मध्यम लक्ष्य
Next articleदेशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउन जोखिम लिए : प्रधानमन्त्री प्रचण्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here