७७ लाख मूल्य बराबारको अवैध कपडा र मोवाइल बरामद

मकवानपुर प्रहरीले भन्सार छलि गरेर ल्याउँदै गरेको अवस्थामा ७७ लाख मूल्य बराबारको अवैध कपडा र मोवाइल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा उक्त मूल्य बराबरका समान बरामत गरेको हो ।
लोथरबाट हेटौडा आउँदै गरेको बागमती प्रदेश बिएडी ४३७० नम्वरको गाडीलाई मनहरी गाउँपालिका वडा नं. ७ मा चेकजाँच गर्ने क्रममा भन्सार छलि ल्याइएका, बिलबिजक नभएका साडी, कुर्तासुरुवाल, टि सर्ट, पाईन्ट, जुत्ता लगायतका २ हजार ७ सय ४४ थान लत्ताकपडा र बिभिन्न कम्पनीका ८२ थान मोबाईल सेट बरामत गरेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बरामत गरिएका मालसमानहरु सहित उदयपुर त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ का चालक राजकुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ती सामान पर्साको ठोरी नाकाबाट भित्राइएको हो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








