उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउनै काँग्रेसलाई सकस, भोलि फेरि बैठक बस्ने

नेपाली काँग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि अझै उम्मेदवारको टुग्गो लगाउन सकेको छैन । उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउन भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठक कुनै निर्णयमा पुग्न सकेन ।
उपनिर्वाचनका लागि संस्थापन पक्ष र इतर पक्षले अ आफ्नै उम्मेदवार अडान नछाड्दा उम्मेदवार चयन प्रक्रिया विलम्ब हुन पुगेको बताइएको छ ।
इलामा काँग्रेसबाट भेषराज आचार्य र डम्बर खड्का इलाम- २ मा मुख्य प्रत्याशीका रुपमा देखिएका छन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । पार्टी संस्थपन पक्ष भने खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडानमा छ । खड्काले यस अघिको निर्वाचनमा झिनो मतान्तरले हारेका थिए ।
यस्तै बझाङ प्रदेश सभा तर्फ संस्थपनबाट अभिषेश सिंह आकाक्षी देखिएका छन भने इतर पक्षबाट जगतप्रसाद जोशीलाई अघि सारिएको छ ।
आज बसेको बैठकमा दुवै पक्षले अडानमा नछाडेपछि आजको बैठक भोलि फेरी बस्ने गरी स्थगित भएको छ । भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ । कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १४, शनिबार २२:४८गोपालजी मन्दिरमा भक्तिभाव: शनिवासरीय भजनमा उल्लेख्य सहभागिता
समाचार२०८२ चैत्र १४, शनिबार २२:००राजनीतिक दलसँग आवद्ध ट्रेड युनियन खारेज,शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक(पूर्णपाठ)
समाचार२०८२ चैत्र १४, शनिबार २१:२४यस्ता छन्,बालेन सरकारका शासकीय सुधारसम्बन्धी एक सय कार्यसुचीहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १४, शनिबार ११:५४प्यारो केसीको स्वर र अभिनयमा ‘कहाँ कहाँ’ सार्वजनिक








