सुनसरीमा गोली प्रहार गरेर लुटपाट

सुनसरीमा बुधबार दिउँसो गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट गरिएको छ । हरिनगरा गाउँपालिका-२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २:१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका-९ र हरिनगरा-३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ ।
अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए। ‘गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेर वरपर हेरेछन् । अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्ति साथमा भएको पैसाको झोला लुटेर फरार बनेको जानकारी आएको छ,’ एसपी पोखरेलले भन्नुभयो, ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको छ ।’
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न







