सुनसरीमा गोली प्रहार गरेर लुटपाट

सुनसरीमा बुधबार दिउँसो गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट गरिएको छ । हरिनगरा गाउँपालिका-२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २:१५ बजेतिर लुटिएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका-९ र हरिनगरा-३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ ।
अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थिए। ‘गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेर वरपर हेरेछन् । अर्को मोटरसाइकलमा आएका ३ जना व्यक्ति साथमा भएको पैसाको झोला लुटेर फरार बनेको जानकारी आएको छ,’ एसपी पोखरेलले भन्नुभयो, ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको छ ।’
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ कार्तिक १, शुक्रबार ०७:५८अपराजित नेपाल उपाधि नजिक, आज सामोआसँग खेल्दै
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १, शुक्रबार ०७:१३औषधि नपाएको बिरामीको गुनासो « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन ३०, बिहीबार २०:१०जेन-जीमा गुटैगुट, अन्योलमा दल, अलमलमा सरकार
समाचार२०८२ आश्विन ३०, बिहीबार १७:४६सहकारी पीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल