उपनिर्वाचन: इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

बैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश १ क मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।
इलाम २ मा प्रतिनिधिसभा सदस्यको लागि र र बझाङ प्रदेशसभा १ क मा प्रदेसभा सदस्यको लागि हुने उपनिर्वाचनको लागि बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
इलाम २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको लागि बिभिन्न १२ राजनीतिक दल र स्वतन्त्र गरी २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनय दर्ताको लागि आयोगले विहान १० वजे देखी ५ वजेसम्मको सयम तोकेको थियो यो अबधि भित्र २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार सुहाङ नेम्बाङको मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नं २ मा नेकपा एमाले र नेकपा मओवादी केन्द्र बाहेकका अन्यदलले छुट्टा छुट्टै उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । जस अनुसार प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले डम्बरबहादुर खड्काको उम्मेदवारी दर्ता गरेको छ ।
कांग्रेसले मनोनयन दर्ता गर्नु अगाडी उम्मेदवार घोषणा सभा आयोजना गरेको थियो ।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुको मनोनयन दर्ता गरेको छ । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईको मनोनयन दर्ता भएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इलामा क्षेत्र नं २ को उपनिर्वाचनको लागि २० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका थिए । उम्मेदवारले बाँजागाँजा र झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी बझाङ प्रदेश सभा १ क मा प्रदेसभा सदस्यको लागि हुने उपनिर्वाचनको बिभिन्न ९ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जसमा नेकपा एमालेका दमन भण्डारी, नेकपा माओवादी केन्द्रका जनक बुढा र नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह, नेकपा एकिकृत समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाममा नेकपा एमालेको उम्मेदवारलाई समर्थन गरेको माओवादी केन्द्रले बझाङ प्रदेशसभा १ क को सदस्यमा भने छुट्टै उम्मेदवारको मनोनयन दर्ता गराएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै मनोनयन दर्ता गर्ने अन्य राजनीतिक दलमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚ नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्ती मगर र जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री रहेका छन् ।बझाङमा १९ राजनीतिकदलले निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।
२५ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । यसैगरि चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास