नयाँ बर्षमा नुवाकोटमा भगवान माङ्चेभुमेको जात्रा लाग्दै

नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न: १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको जात्रा लाग्ने भएको छ ।
शिवपुरी गाउपालिका वडा न १ को छुली डाँडामा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । यस भेगको वरपर रहेको देविस्थान, खोलेखर्क, साल्मे, सेमोङ्पोखरी, शेर्पा गाउँ, पुरानोगाउ, बिनडाडा, डाडाखर्क, तलाखु, छाप, शिवालय, गोल्फुभञ्ज्याङ सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका लगायतका दर्जनौ समुदायहरुले यहाँ रहेको भगवान माङ्चेभुमेलाइ पुज्ने गर्दछ ।
यस भगवानको थानमा खडेरीको समयमा बाजागाजा सहित पानी माग्दा पानी पार्ने विश्वास अझै पनि रहेको पाइन्छ । परापुर्वकालमा कुनै पनि कार्ज्य गर्नुपर्दा अघिल्लो दिनै भाडाकुडा माग्दा भाडाकुडादिने किम्बदन्ती रहेको छ । पछी जुठै भाडा लगेर बुझाएपछी दिन छाडेको भनाइ छ । यहाँ पाप र धर्म द्वार पनि रहेको बताइन्छ । करिव १०० मिटर लामो सुरुङ अहिलेपनी रहेको र धर्मात्मी मान्छे मात्र यो सुरुङमा छिर्न सक्ने यहाँको समुदायले बताउने गर्दछ । सुरुङ भित्र मादल सहितको धेरै बाजागाजा अझै पनि रहेको भन्ने गर्दछ ।
अन्य समयमा व्यक्तिगत रुपमा सयौँ पुजाआजा हुने गरेपेनी आन्तरिक पर्यटन प्रवर्द्धनको लागि २०७९ सालबाट नया बर्षको दिन पारेर जात्रा आयोजना गरेको जात्रा व्यवस्थापन तथा संरक्षणका अध्यक्ष इश्वर गुरुङले बताए । पहिलो वर्ष नै २ दर्जन भन्दा धेरै झाक्री समूह र १ हजार भन्दा धेरैले जात्रा अवलोकन गरेको पनि बताए ।
काठमाडौंको सुन्दरीजलबाट जम्मा ४४ किमी दुरीमा अवस्थित यस जात्रामा २०८० को जात्रामा काठमाडौंबाट पनी हजारौँ भक्तालुजनहरु उपस्थित भएको बताउदै यस वर्ष अझै यो संख्या अझै बढ्ने आकलन गरिएको व्यवस्थापन समितीले जानकारी गराए । जात्रामा स्थानिय परिकार र सांस्कृतिक झाकीहरु पनि भक्तालुजनहरुले देख्न पाउने छन। भगवान माङ्चेभुमे जात्रा संरक्षण तथा ब्यवस्थापन समितीले उक्त दिन जात्रामा सहभाही भै भगवानको दर्शन गरिदिनहुन निमन्त्रणा गर्नुभएको छ। जात्रामा आउने भक्तालुजनलाइ सिस्नु, लसुन नखाइदिनुहुन तथा छालाको पेटी, जुत्ता नलगाइ उपस्थित भइदिनको लागि पनि जानकारी गराए । जात्रा अघिल्लो दिनदेखी सुरु हुनेछ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा








