प्रतितोला दुई हजार नौ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन रु एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य रु एक हजार छ सय १५ मा कारोबार भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै







