‘खजुरे ब्रो’को नयाँ पोस्टर : हातमा पैसा, साथमा हाँसो र सोचमा सुन्दरी

‘षडङ्ग’ निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ले नयाँ पोस्टर रिलिज गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमाको शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा अत्यन्त खुशी मुद्रामा देख्न सकिन्छ।
एकातीर पैसाले यी दुई पात्रलाई दिलाएको खुशी देख्न सकिन्छ भने अर्कोतर्फ खजुरेले यो खुशीमा आफूले मनपराएकी सुन्दरी युवती (नीति शाह)लाई याद गरिरहेको पनि देख्न सकिन्छ।
यी दुई कुराले सिनेमाको बारेमा भन्ने कुराहरु बुझ्न सकिन्छ र साथमा केही जिज्ञाशाहरु पनि उब्जाएको छ।
के खजुरे उसको साथीको साथमा भएको यति धेरै पैसाका कारण आफूले मनपराएकी युवतीलाई पाउने आशामा यति पुलकित छ, या यो आशा केवल आशामा सीमित हुनेछ?
विभिन्न प्रश्नहरु उब्जाउने यो पोस्टरले सिनेमा प्रेम र पैसाको वरीपरी घुमेको स्पष्ट संकेत गर्छ।
साथै यो पोस्टरमा अर्का कलाकार नविन मानन्धरलाई पनि स्थान दिइएको छ। पोस्टरमा उनलाई कुनै तहको परिक्षामा दिक्षित भएपछिको खुशी मुद्रालाई प्रस्तुत गरिएको छ।
सिनेमामा पनि उनी प्रमूख भूमिकामा रहेका छन्।
‘षडङ्ग’ सिनेमामा उनी आफूले गरेको ‘भालु डन’ पात्रका लागि परिचित छन्।
सिनेमा वैशाख २८ गते रिलिज हुँदैछ।
सिनेमाले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ। धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ।
यूट्यूबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु देख्न सकिन्छ।
जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ।
‘खजुरे ब्रो’ले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ।
सिनेमामा रेयर, महेश, नीति, नविनका अलावा प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।
कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको सिनेमामा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन्।
डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्।
शिशिर बिसंखेको छायांकन रहेको सिनेमामा मित्र डि गुरूङको सम्पादन छ। चलचित्रलाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









