पोखरा १३ का नागरिकसंग महानगर न्यायिक समिति

न्यायिक समिति गठन प्रकिया, अधिकार क्षेत्र, न्याय निरुपणका प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उदेश्यले पोखरा महानगरपालिका न्यायिक समितिको सहयोगमा श्री नवदुुर्गा सेवा टोल विकास संस्थाको आयोजनामा नागरिकसंग न्यायिक समिति प्रशिक्षण तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको पोखरा महानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले उद्घाटन गर्दै देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै नागरिकलाई छिटोछरितो न्याय प्रदान गर्ने उदेश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको जानकारी गराउँर्दै यसको महत्व, आवश्यकता र औचिय तथा यसले निरुपण गर्ने विवादका विषयमा सम्पूर्ण नागरिकले जानकारी पाउनुपर्ने बताउनुुभयो । न्यायिक समिति के हो, यसको काम, कर्तब्य र अधिकार क्षेत्रका बारेमा जानकारी दिने उद्देश्यले न्यायिक समितिसंग विद्यार्थी, ज्येष्ठ नागरिक, श्रमिक र नागरिकसंग कार्यक्रम आयोजना गरिएको उपप्रमुख गुुरुङले बताउनुुभयो । संविधानमै न्यायिक समितिको ब्यवस्था गरेको बताउदै यसको बारेमा नागरिकले जानकारी गराउँदा सहज र सरल रुपमा न्याय पाउने उल्लेख गर्नुभयो । उहाँले न्यायिक समितिले १३ वटा विषयमा मेलमिलाप र ११ वटा विषयमा निर्णय गर्न पाउने उल्लेख गर्दै पोखरा महानगरको न्यायिक समिति कार्यसम्पादनमा अब्बल र उत्कृष्ट भएका कारण अध्ययन केन्द्रका रुपमा विकास भैरहेको बताउनुुभयो ।
कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल, रजनी परियार र न्यायिक समितिका अभिलेख संरक्षक सोम लम्सालले गठन प्रक्रिया र समितिको अधिकार क्षेत्र, न्याय सम्पादन र असल अभ्यासका बारेमा प्रशिक्षण दिनुभएको थियो । नवदुुर्गा टोल विकास संस्थाका अध्यक्ष डम्बरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवदुुर्गा टोल विकास संस्थाका उपाध्यक्ष श्रीधर अधिकारी,भद्रकालि माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनी, नवदुुर्गा आमा समुहका डिलमाया गुुरुङ र नवदुुर्गा टोल विकास संस्थाका सचिव संगीता विकले बोल्नुुभएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









