एसीसी प्रिमियर कप: दोस्रो खेलमा कतारसँग खेल्दै नेपाल

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरिसकेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९।२ ओभरमा पूरा गरेको थियो ।
प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








