देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन जुटौँ- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।
नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो भन्नुहुदै हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न सबैलाई अनुरोध समेत गर्नुभएको छ ।
मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका प्रयास केन्द्रित हुनुपर्ने समेत राष्ट्रपति पौडेलले जोड दिनुभएको छ ।
राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्नेमा समेत उहाले जोड दिनुभएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २१, बिहीबार २२:२८प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
समाचार२०८२ फाल्गुन २१, बिहीबार २०:११धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत
समाचार२०८२ फाल्गुन २१, बिहीबार १७:०१मतदानको समय सकियो,मतदान केन्द्र भित्र प्रवेश गरेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउने
समाचार२०८२ फाल्गुन २१, बिहीबार ०८:४९कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा मतदान








