एसीसी प्रिमियर कप: कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आमानमा जारी खेलमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरिसकेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९।२ ओभरमा पूरा गरेको थियो ।
प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार १०:०३‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:०७नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा ३९० घण्टे सिपमूलक तालिम सम्पन्न, डिप्लोमा तहका प्रशिक्षार्थीलाई विदाई








