मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

धादिङ, ०९ बैशाख ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको छ ।
बुढीगण्डकी नदिमा पानीको बहाव बढेको जानकारी प्राप्त भएकोले बुढीगण्डकी नदीको क्षेत्र आसपासमा बसोबास गर्नुहुने मानिसहरुले सतर्कता अपनाउनु हुन त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर खत्रीले अनुरोध गर्नुभएको छ । आइतबार एक सुचना जारी गर्दै नदीमा बालुवा, ढुंगा उत्खनन् तथा माछा मार्ने कार्य नगर्न हुन अनुरोध गर्नुभएको हो ।
“बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ”, सामागाउँका दिजेन लामाले भन्नुभयो, “हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।”
उहाँले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताउनुभयो । “सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो”, लामाले भन्नुभयो, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।”
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक एसपी वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १४, शनिबार ०९:१७‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक
समाचार२०८२ चैत्र १४, शनिबार ०७:१०प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो- गृहमन्त्री गुरुङ
समाचार२०८२ चैत्र १३, शुक्रबार १७:५०नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो दीक्षान्त समारोह सम्पन्न, ९० जना विद्यार्थी दीक्षित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार १७:१४‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी






