Home समाचार सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेलविरुद्ध फेरी अर्को मुद्दा दायर

सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेलविरुद्ध फेरी अर्को मुद्दा दायर

6
0

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएपछि पनि नेपालमा सरकारी नियुक्ति लिएको अभियोगमा अख्तियारले पौडेलविरुद्ध मुद्दा हालेको हो । पौडेलविरुद्ध अनियमितताको यो दोस्रो मुद्दा हो ।

विदेशी अवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था छ । त्यसविपरीत पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेका थिए ।

पौडेल दुई कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एकपटक राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बखत अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

अघिल्लो मुद्दा विचारधीन रहेकै बेला गत माघ १० गते उनी र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ख्तियारले नियन्त्रणमा लिएको थियो । दुवैजना अहिले अख्तियारको हिरासतमा छन् ।

अनुसन्धानका क्रममा विकलले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको पाइएपछि अर्को मुद्दा पनि दायर गरिएको अख्तियारले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त
Previous articleमनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
Next articleसौरभको ‘बिपनीमा भेटौँ भन्थे’ मा दीपक र बिदुषी