कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : उपाध्यक्ष पाण्डे

काठमाडौँ, ९ वैशाख
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताउनुभयो ।
केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उहाँको भनाइ थियो । नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था नरहेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनको मूलधार आफ्नो पार्टी भएको भन्दै उहाँले निष्ठावान कार्यकर्ता र जनताको बलमा पार्टीको अस्तित्व कायम गर्ने प्रष्ट पार्नुभयो । उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लडेर जित्ने दृढताका साथ सङ्गठन विस्तार गर्नुपर्ने र अबको मुख्य कार्यभार सङ्गठन सुदृढीकरण गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार १६:२५चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार १६:१८सागर लम्साल ‘बले’ अब निर्माता बन्दै
समाचार२०८२ कार्तिक २२, शुक्रबार १६:१६संसद विघटन संविधान विपरीत: अध्यक्ष ओली
समाचार२०८२ कार्तिक २२, शुक्रबार १४:२९रामकोटको मण्डलीदेवी मन्दिरमा २३ गते पञ्चमी मेला लाग्दै








