क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

दमौली, ९ वैशाख । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई पाँच लाख रुपैयाँ सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो ।
पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट पाँच लाख तीन हजार नौ सय रुपैयाँ सङ्कलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिए। उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गरे। उनले भने, “पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम सङ्कलनकोे क्रम जारी छ ।”
रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १५, शुक्रबार १८:२७जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ १५, शुक्रबार १७:२२खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १५, शुक्रबार ११:४१‘एभरेस्ट फिल्म फेस्टिभल’ नेपाल–चीन चलचित्र सहकार्यमा नयाँ आयाम
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १४, बिहीबार २२:१६स्वाथ्यकर्मीहरुको १८०८ दरबन्दी स्वीकृत, आयोगमार्फत पदपूर्ति सुरु हुने









