स्वाथ्यकर्मीहरुको १८०८ दरबन्दी स्वीकृत, आयोगमार्फत पदपूर्ति सुरु हुने

काठमाडौं, जेठ १४ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई पुलअन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ । सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि उक्त दरबन्दी मन्त्रालयमा प्राप्त भएको हो ।
स्वीकृत दरबन्दीअनुसार मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल १८०८ दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ ।
विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जनाएको छ । साथै यो सूची संघीय पुल दरबन्दी संरचनाअन्तर्गत मात्र भएको स्पष्ट पारिएको छ ।
सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा अरु तहमा निकट भविष्यमा थप ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १५, शुक्रबार ११:४१‘एभरेस्ट फिल्म फेस्टिभल’ नेपाल–चीन चलचित्र सहकार्यमा नयाँ आयाम
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १४, बिहीबार २२:१६स्वाथ्यकर्मीहरुको १८०८ दरबन्दी स्वीकृत, आयोगमार्फत पदपूर्ति सुरु हुने
खेलकुद२०८३ जेष्ठ १४, बिहीबार २१:१७तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १८:०८‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा









