साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक

काठमाडौँ। साइन्स फिक्सन जनरामा बनेको वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक गरिएको छ । कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।
सिरिज युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा बनेको हो । फोकस फिक्चर्सको ब्यानरमा बनेको सिरिज ८ भागमा तयार गरेको टिमले जनाएको छ । निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ ।
सिरिजमा नक्षत्र, ग्रह, अन्तरिक्ष वा अनन्त लोक सम्मिलितको काल्पनिक पृथक ब्रह्माण्ड बनाएर प्रस्तुत गरेको निर्माण टिमको दाबी छ । सम्यक र बिसम्यक देव (मनुष्य) र दानव (मुटेन्ट) को कथा कुरूमा देख्न पाइने टिमले जनाएको छ।
दुई वर्षमा मेहतनमा सिरिज तयार गरेको निर्देशक खड्कीले बताएका छन्, ‘पहिले असम्भव जस्तो लाग्ने विषयलाई हाम्रो टिमले वास्तविकतामा बदलेका छौं। दुई वर्षसम्मको मिहिनेत, धैर्य र समर्पण आज विश्वासमा परिणत भएको छ। नेपाली फिल्म दुनियाको यो नयाँ प्रयोगमा साथ दिने सबैलाई धन्यवाद छ, ’ निर्देशक खड्कीले सामाजिक सञ्जालमा लेखेका छन्। अन्तत कुमार श्रेष्ठले नेपग्याज्मसँग सहकार्य गरेर सिरिज निर्माण गरेका हुन्।
सिरिजमा सुशील राजोपाध्याय, भिन्तुना जोशी, अर्पण तामाङ, लोमन सागर रेग्मी, प्रविण बजगाईं, यशजंग बोगटी, सनिश शाक्य, रुवेन खड्गी, सुरज व्यन्जनकार, रोजिना सुवाल, सुचित्रा उप्रेती, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, अनु खड्कालगायत कलाकारले अभिनय गरेका छन्।
सिरिजमा चिफ एक्जेक्युटिभ प्रड्यूसरमा लभ कार्की तथा हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भि.एफ.एक्स सुपरभाइजर रहेका छन्। त्यस्तै शंकर महर्जनको सिनेमाटोग्राफी, प्रोडक्सन म्यानेजर आशिस शाही, ग्राफिक डिजाइनमा विकाश खड्गी, सीजीआई आभास महर्जन, अविक खड्गी, रेहना शाही, आर्टिस्ट पीओपी राज महर्जन, युनिट स्टील फोटोग्राफी अमन महर्जन, सिनेमाटोग्राफी शंकर महर्जनको रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २१, शुक्रबार १९:१४पल र प्रदीपलाई एकसाथ पर्दामा ल्याउँदै कृषा चौलागाईं
समाचार२०८३ कार्तिक २१, शुक्रबार १२:४६गोरखाको चुमनुब्रीमा नुन प्रतिकिलो २०० रुपैयाँ
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २१, शुक्रबार ०८:२५माथिल्लो म्याग्दीको मौलिक स्वाद ‘सारथी’ को ‘मयाली’ सार्वजनिक’
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २१, शुक्रबार ०८:०८चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शन » Celebrity Nepal









