Home समाचार ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

7
Google search engine

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त हुनुभएको छ ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गर्नुभएको छ ।

ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ ।

बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनुहुन्छ भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल हुनुहुन्छ ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
लेखकसँग सम्बन्धित खबरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here