Home समाचार खौलालाँकुरी-पोखरा सम्पर्क समाजको छैटौँ वार्षिक साधारण सभा तथा तिज विशेष दर खाने...

खौलालाँकुरी-पोखरा सम्पर्क समाजको छैटौँ वार्षिक साधारण सभा तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न

17
Google search engine

पोखरा । खौलालाँकुरी-पोखरा सम्पर्क समाजको छैटौँ वार्षिक साधारण सभा तथा हरितालिका तिज विशेष दर खाने कार्यक्रम पोखरामा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष पितम्बर पौडेलको अध्यक्षता, सभामा उपस्थित कुश्मा नगरपालिका वडा नम्बर-१३ का वडा अध्यक्ष तेज प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटि, प्रादेशिक कार्यालय पोखराका अध्यक्ष अर्जुन ज्ञवालीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव प्रेम सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सेवाहरुबाट निवृत व्यक्तिहरु, पूर्व-शिक्षक, बुद्धिजीवि/समाजसेवी व्यक्तित्व, राष्ट्रिय लोक तथा दोहोरी गित गायक/सर्जक, ज्येष्ठ नागरिक लगायत संस्थाका सल्लाहकार तथा शुभचिन्तक, आजीवन/साधारण सदस्यज्युहरु र खौलाबासी आमाबुबा, दाजुभाई, दिदीबहिनी लगायत लाकुरेली चेलिबेटिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तेज प्रसाद शर्माले सम्पूर्ण खौला लाँकुरीबासी आमाबुबा, दाजुभाई, दिदीबहिनी लगायत सम्पूर्ण लाकुरेली चेलिबेटिहरुलाई हरितालिका तिज २०८१ को शुभकामना व्यक्त गर्दै तिज किन, कसरी मनाउन थालियो, यो कसरी मनाउनु पर्ने हो लगायतको जानकारी दिदैँ तिज मनाउनुको महत्वको बारेमा पनि प्रकाश पार्नु भएको थियो । यसै गरि उहाँले मानसिक परिवर्तन नभई भौतिक संरचनाको विकास दिगो हुन सक्दैन भन्ने भनाइलाई प्रस्टाउदै आफ्नो गाउँ, घर, टोल, समुदायको विकास गर्न र बाह्य पर्यटकलाई गाउँमा भुलाउन, डुलाउन यस्ता संस्थाहरु लगायत व्यक्तिहरुले गाउँमा लगानी गर्नुपर्ने साथै हाते विकासमा भन्दा पनि दिगो विकास र खौलाको समृद्ध विकासमा खौलाबासीको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा विशेष अतिथि अर्जुन ज्ञवालीले पोखरामा ७७ वटै जिल्लाका व्यक्तिहरु र तिनीहरुका सम्पर्क समाज भएको र सबैले यस खौला लाँकुरी सम्पर्क समाजले जसरी रक्तदान कार्यक्रमहरुलाई निरन्तरता दिदैँ आयोजना गरि दिएको खण्डमा धेरै जना व्यक्तिहरुले रगतको अभावमा भौतारिनु वा ज्यान गुमाउनु नपर्ने कुरा राख्दै यस समाजले आफ्नो स्थापना दिवस श्रावण २६ गते रक्तदान कार्यक्रम मार्फत ४६ युनिट रगत संकलन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि आफ्नो तर्फबाट प्राविधिक सहयॊग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस् :  बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

सोही कार्यक्रममा शिक्षा तथा अनुसाशनको बारेमा बोल्दै संस्थाका शिक्षा तथा अनुसाशन शाखाका संयोजक पुर्व-शिक्षक अर्जुन प्रसाद सुवेदीले कुश्मा नगरपालिका वडा नम्बर-१३ का पर्यटकीय, सांस्कृतिक, धार्मिक तथा गाउँ-बस्तीलाई समेटेर आफैले रचना गर्नु भएको कविता पनि वाचन गर्नु भएको थियो ।

त्यसैगरी, कार्यक्रममा ज्येष्ठ नागरिकहरु नर बहादुर के.सी., कलावती क्षेत्री, झुपु वि.क., सरस्वति शर्मा, बसुन्धरी खत्री क्षेत्री, विभिन्न सरकारी तथा गैर- सरकारी संस्थाहरुमा नियुक्त तथा पदोन्नति भएका व्यक्तिहरु र विभिन्न क्याम्पसहरुबाट कक्षा १२ उतीर्ण गरेका खौला लाँकुरीबासी विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । साथै, कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदनमाथी छलफल गरि सर्वसहमतीमा पारित गरिएको संस्थाका उपाध्यक्ष चन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक र खौलाबासी चेलीबेटीलाई नचाउनको लागि खौलाबासी राष्ट्रिय लोक तथा दोहोरी गायक/सर्जक रोशन क्षेत्रीले प्रत्यक्ष प्रस्तुत गरेका आफ्नो सार्वजनिक विभिन्न नयाँ/पुराना गितहरुसँगै अन्य विभिन्न सर्जकहरुका तीजका गितहरुमार्फत चेलीहरु लगायत उपस्थित सम्पूर्णले भरपुर मनोरंजन लिनु भएको सह-सचिव गंगा कार्कीले जानकारी दिनुभयो ।

थप तस्बिरहरु :

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  युनाइटेड क्लव पोखराद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here