जाल्पादेवी महिला उद्धार समूहको २८औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

प्रल्हाद अधिकारी, पोखरा । सिमलचौरस्थित जाल्पादेवी महिला उद्धार समूहको २८औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रम समूहकी अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष बरालले जाल्पादेवी महिला उद्धार समूहले सामाजिक क्षेत्रमा गर्दै आएका कार्यहरू प्रभावकारी र उपलब्धिमूलक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि वडा कार्यालयका तर्फबाट समूहलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै समूहको सक्रियताको प्रशंसा गर्नुभयो।
कार्यक्रममा सिर्जना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीले समूहसँगको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा थप प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, सिर्जना साकोसकी अध्यक्ष शारदा गिरीले महिला सशक्तीकरण तथा सामाजिक क्षेत्रमा समूहले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
सो अवसरमा समूहका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने १८ जना सदस्यलाई सम्मान गरिएको समूहकी अध्यक्ष दुर्गा अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सदस्यहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
समूहकी उपाध्यक्ष अमृता गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा वडा सदस्य तथा समूहकी पूर्व अध्यक्ष एवं सल्लाहकार पवित्रा के.सी., संस्थापक अध्यक्ष शारदा सुवेदी, निवर्तमान अध्यक्ष राधिका थापा, पूर्व अध्यक्ष तथा सल्लाहकारद्वय कान्ती अधिकारी र शारदा कुँवर तथा सल्लाहकार सन्तुमाया गिरीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा समूहका १०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो। साधारण सभा तथा तीज विशेष कार्यक्रमले महिला सदस्यहरूबीच आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन समूहकी सचिव सुनिता बरालले गर्नुभएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २१, बुधबार १९:२७दयाहाङ राई » Celebrity Nepal
समाचार२०८३ आश्विन २१, बुधबार १६:२३नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
खेलकुद२०८३ आश्विन २१, बुधबार ०९:५८अन्तर्राष्ट्रिय फुटबलबाट मेसीकाे सुखद बिदाइ
समाचार२०८३ आश्विन २१, बुधबार ०८:३१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा








