बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने

धादिङबेशी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन धादिङको ज्वालामूखी गाउँपालिकामा कार्यरत कर्मचारीले सात दिनको तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहका अनुसार पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले आफूले मासिक रूपमा खाइपाइ आएको तलबबाट सात दिन बराबरको रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेका हुन्।
“विपद्को यो कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो,” प्रमुख प्रशासकीय अधिकृत शाहले भन्नुभयो, “त्यही भावनाअनुसार गाउँपालिकामा आबद्ध कर्मचारीले सात दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेका छौँ।”
बुधबार बिहान करिब ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीको प्रभाव रसुवासँगै नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा समेत परेको छ। बाढीलगत्तै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम अघि बढाइएका छन् भने मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको छ। बाढीका कारण घरबारविहीन तथा जोखिममा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ।
विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको सम्बन्धित राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो। सोही अपिललाई स्वीकार गर्दै ज्वालामूखी गाउँपालिकाका कर्मचारीले सामूहिक रूपमा आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्। गाउँपालिकाले कर्मचारीबाट सङ्कलित रकम एकमुष्ट रूपमा सम्बन्धित कोषमा जम्मा गर्ने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:२५अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती








