निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

काठमाडौं । अभिनेता निखिल उप्रेतीको लेखन, निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजरमा निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
करिब एक मिनेट लामो टिजरमा एक्सनसँगै भावनात्मक पक्षलाई पनि प्राथमिकता दिइएको छ। निखिलका विभिन्न अवतार, स्टन्ट तथा एक्सन दृश्य टिजरमा देख्न सकिन्छ। नेपाली फिल्ममा एक्सन र स्टन्टका कारण छुट्टै पहिचान बनाएका निखिलले ‘आचार्य’मा पनि त्यसलाई निरन्तरता दिएका छन्।
टिजरमा सामान्यतः नेपाली फिल्ममा कमै देखिने स्तरका एक्सन तथा स्टन्ट समेटिएका छन्। यसले फिल्म एक्सनप्रधान हुनुका साथै भावनात्मक कथामा पनि आधारित रहेको संकेत गर्छ।
निखिलले यसअघि ‘भैरव’बाट निर्देशनमा डेब्यु गरेका थिए। ‘आचार्य’ उनको दोस्रो निर्देशकीय फिल्म हो।
फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापतीले यही फिल्मबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन्। बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकार पनि फिल्ममा छन्।
सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन रहेको फिल्ममा शुक्रराज शाहको एक्सन निर्देशन छ। बन्दे प्रसादले सम्पादन गरेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।
निर्माण पक्षका अनुसार फिल्मको आधिकारिक ट्रेलर असोज १ गते सार्वजनिक हुनेछ। ‘आचार्य’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ९, मंगलवार १०:१४अध्यारोबाट उज्यालो देखेपछि… « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र ९, मंगलवार ०९:४४मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो









