गण्डकी कोटिहोममा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार

पोखरा, १५ वैशाख २०८२
गण्डकी कोटिहोममा आज वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ। उनको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई थप उजागर गर्नेछ।गण्डकी कोटिहोममा ४१ दिनसम्म चल्ने महायज्ञले व्यापक ध्यानाकर्षण गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार गरिएको छ।

भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ। सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउनेछन्।महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुनेछन्। आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको व्यवस्था गरेको छ, जसले सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नेछ।
देश–विदेशबाट लाखौं भक्तजनको उपस्थिति अपेक्षित छ।
दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्दै आएकी देवी प्रतिभाको यो योगदानले समाजमा सकारात्मक प्रभाव छोड्ने विश्वास छ। प्रमुख दहालको उपस्थितिसहित यो महायज्ञले गण्डकी कोटिहोमको प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









