धर्म जोगाउन नसके हामीले हाम्रो इतिहास र मूल्य–मान्यता गुमाउनेछौँ: अभियन्ता तथा पत्रकार अर्जुन भुसालले

चर्चित सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन भुसालले पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञमा सहभागी हुँदै धर्म र संस्कृतिको संरक्षणले मात्र मुलुकको अस्तित्व जोगिने बताएका छन्। उनले देशमा पछिल्लो समय धर्म र संस्कृति लोप हुँदै गएको भन्दै यसको संरक्षण र सम्वद्र्धनमा सबै नेपालीको साझा दायित्व रहेको जोड दिए।
गण्डकी कोटीहोमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भुसालले भने, “हाम्रो धर्म र संस्कृति हाम्रो पहिचानको आधार हो । यसलाई जोगाउन नसके हामीले हाम्रो इतिहास र मूल्य–मान्यता गुमाउनेछौँ , “धर्मको नाममा अधर्म गर्ने प्रवृत्तिलाई समाजले चिनेर निरुत्साहित गर्नुपर्छ। गण्डकीवासीले यो महायज्ञलाई भव्य बनाउनेमा म ढुक्क छु।” उनले युवा पुस्तालाई धर्म र संस्कृतिप्रति जागरूक बनाउनुपर्नेमा विशेष जोड दिए।
भुसालले समाजमा बढ्दो पाश्चात्य प्रभाव र आधुनिकताको नाममा संस्कृति मासिन लागेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता धार्मिक एवम् सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। “गण्डकी कोटीहोम जस्ता कार्यक्रमले हाम्रो धार्मिक र सांस्कृतिक मूल्यलाई पुनर्जागरण गर्ने अवसर प्रदान गर्छ, सुरु नहुदै कार्य भव्य भैसक्यो भने भोली यो भन्दा धेरै साथ मिल्ने म ढुक्क छु,” उनले थपे।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि भुसालको भनाइलाई समर्थन गर्दै धर्म र संस्कृतिको संरक्षणमा सामुदायिक सहभागिताको आवश्यकता औँल्याए। गण्डकी कोटीहोम महायज्ञले स्थानीय समुदायमा धार्मिक जागरण ल्याउनुका साथै सामाजिक एकता र सद्भावलाई पनि प्रवद्र्धन गरेको सहभागीहरूको भनाइ थियो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ६, शुक्रबार १६:३८आयोजित बैंक तथा वित्तिय संस्थासंगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २९, शुक्रबार १६:१९प्रभावकारी तरिकाले तनाव घटाउने ११ उपाय
समाचार२०८२ कार्तिक २९, शुक्रबार १५:५५रास्वपा छोडेको सन्तोष परियारद्वारा घोषणा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २९, शुक्रबार १५:४३सुरक्षा पन्तको ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज हुने








