कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ ।
उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द सम्झिएर भक्तजनसहित आयोजकका मन भारी थिए । उक्त क्षणमा स्वयं देवी प्रतिभाको आँखामा आँशु टिल्पिलाए ।
कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलैफूलले पूजा गर्दै देवी प्रतिभाको बिदाई गरेका थिए । देवीसहित उनको टिममा रहेर पोखरा आइपुगेका सबैलाई आयोजक मानवसेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको थियो ।
देवी प्रतिभाको बिदाईमा संकल्पकर्ता विजय कृष्णमूर्ति निकै रोएका थिए भने अभिनन्दपत्र पढेर सुनाउने क्रममा भक्कानिदै पढ्नै नसक्ने अवस्थामा पुगेका थिए । सो बेला कोटीहोम स्थल चकमन्न बनेको थियो ।

देवी प्रतिभा वैशाख ५ गते पोखरा आएकी थिइन् । उनी शुक्रबार बिहानै पोखराबाट भारत प्रथान गर्दैछिन् । उनी आइतबादेखि झारखण्डमा देवीमार्फत कथा वाचन हुने बताइएको छ ।
जेठ १० देखि १६ गतेसम्मा देवीलाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।
कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले् ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए ।
शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
समाचार२०८२ मंसिर २६, बिहीबार १३:५१दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
समाचार२०८२ मंसिर १८, बुधबार १४:५५ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
समाचार२०८२ मंसिर १६, सोमबार २०:३६विश्व एडस् दिवस








