रुवीभ्याली–४ बोराङका झलक तामाङ अभिनित तेस्रो म्युजिक भिडियो “अर्को माया” सार्वजनिक

बेलायत, लण्डन। लण्डनस्थित PPN Production UK को प्रस्तुतीमा “अर्को माया” बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रेममा धोका पाएपछि भोगिने पिडा र मनको अवस्थालाई उजागर गरिएको यो गीतमा प्रेम, वेदना र विछोडको गहिरो भाव समेटिएको छ। रुवीभ्याली गाउँपालिका–४ बोराङका झलक तामाङले अभिनय गरेको यो उनको तेस्रो म्युजिक भिडियो हो।
विगत २० वर्षदेखि बेलायतमा कार्यरत तामाङले यस भिडियोमार्फत प्रेममा हुने पीडा र धोका भोग्दाको संवेदनालाई पर्दामा उतारेका छन्। गीतमा रञ्जन राईको स्वर, नविन कार्कीको सङ्गीत र राजेन्द्र थापाको शब्द रहेको छ। विशाल निरौलाको एरेञ्ज र रञ्जन राईकै मिक्सिङ रहेको गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा कुसुम गुरुङ, झलक तामाङ र राज तामाङले अभिनय गर्दै प्रेम, धोका र विछोडको कथा प्रस्तुत गरेका छन्। प्रभु गुरुङको निर्देशन र परिकल्पनामा बनेको भिडियोमा आइडोले सिनेमाटोग्राफी, पवन सुस्लिङले सम्पादन र कलर मिलाएका छन्।
गीतको मेकअप पुष्पा गुरुङले गरेकी छन् भने प्रमन गुरुङ सहायक सिनेमाटोग्राफर रहेका छन्। राकेश दाहाल (नोभिस)ले बनाएको आकर्षक पोस्टरसहित सार्वजनिक भएको यो गीतले प्रेममा धोका पाएका र विछोड भोगेकाहरूको मन छोला भन्ने अपेक्षा गरिएको छ।
PPN production ले निर्माण गरेको भिडियो PPN Production UK को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। “अर्को माया” ले प्रेममा धोका र विछोड भोगेकाहरूका लागि एक विशेष भावनात्मक गीत बन्ने विश्वास गरिएको छ।
गीतको भिडियो link https://youtu.be/tZPbnefYQk4?si=pYWZFejUU8f0r5hN
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख २३, मंगलवार १०:२१भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ बैशाख २३, मंगलवार ०७:०७प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
समाचार२०८२ बैशाख २३, मंगलवार ०५:४८आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस
कला, विचार/मनोरञ्जन२०८२ बैशाख २२, सोमबार २२:५२सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक