सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिनुभएको छ । मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो ।
उहाँले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रुपमा बर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रुपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताउनुभयो ।
जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री डा राणाले दिनुभयो ।
उहाँले भन्नुभयो “जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रुपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्वपूर्ण हुनेछ ।”
उहाँले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रुपमा सगरमाथा संवादको सुरुआत गरेको र यसबर्षको यो पहिलो संस्करण रहेको पनि स्पष्ट गर्नुभयो ।
मन्त्री डा राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय संघसंगठनहरुलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताउनुभयो ।
सगरमाथा संवादको पहिलो संस्करणको व्यवस्थापन समिति संयोजक रहनुभएकी मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रुपमा उहाँहरुले सहभागिताको सुनिश्चित पनि गर्नुभएको जानकारी दिनुभयो ।
मन्त्री डा राणाले यस स्तरको कार्यक्रम नेपालका लागि एउटा ठूलो अवसर भएकाले आआफ्ना स्थानबाट सक्दो योगदान गर्न परराष्ट्र तथा सम्बद्ध सबै मन्त्रालयका कर्मचारी, निजी क्षेत्र तथा विश्वमा रहेका सबै नेपाली नियोगहरुलाई निर्देशन पनि दिनुभयो ।
त्यस बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि आफ्ना मन्त्रालयले सगरमाथा संवादको अन्तिम तयारी गरिरहेको जानकारी गराउनुभएको थियो । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइले सगरमाथा संवादको तयारीका लागि भइरहेका कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनहरुले सहभागिताको सुनिश्चितता गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २५, सोमबार ०७:२५म्याग्दीको दरवाङ-मुना-ढोरपाटन सडकखण्डको स्तरोन्नति गर्ने काम सुरु
समाचार२०८२ कार्तिक २४, आईतवार २१:५०धादिङमा सरकारी आयुर्वेद स्वास्थ्य संस्थाहरूको एकदिने समीक्षा गोष्ठी सम्पन्न
समाचार२०८२ कार्तिक २४, आईतवार २०:३२भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने
समाचार२०८२ कार्तिक २४, आईतवार १९:४३रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन






