‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal

काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ। आइतबार ओएसआर युट्युबमार्फत टिजर रिलिज गरिएको हो।
सार्वजनिक २ मिनेट लामो टिजरमा ग्रामीण परिवेशमा गाडी चलाएर जीविका चलाउने दुई पात्र—दयाहाङ राई र सौगात मल्ल—एक युवतीका कारण द्वन्द्वमा उत्रिएको देखिन्छ। उनीहरूबीचको झगडा चर्किँदै जाँदा अन्ततः ‘मित’ लगाउने अवस्था सिर्जना हुन्छ। उनीहरू नजुधून् भन्ने उद्देश्यले मितेरी साइनो गाँसिएको देखाइएको छ।
टिजरले हराउँदै गएको ‘मितेरी’ संस्कृतिको झल्को दिँदै पुरानो पुस्ताको परम्परालाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको संकेत गर्छ।
टिजरमा एक रोचक दृश्य पनि समेटिएको छ, जहाँ दयाहाङ र सौगात ज्योतिषकहाँ हात हेराउन पुग्छन्। ज्योतिषले “परस्त्रीसँग सम्बन्ध रहेमा विश्वकर्माको कृपा घट्ने” संकेत गरेपछि उनीहरू अतालिएको देखिन्छन्। यही प्रसङ्ग वरिपरि कथा अघि बढ्ने झल्को टिजरले दिन्छ।
फिल्ममा दयाहाङ राई, सौगात मल्लका साथै खड्गबहादुर पुन मगर (खबपु), तेरिया फौजा मगर, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्मबाट तेरियाले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राईलगायत कलाकारको पनि अभिनय छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन्। लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी फिरोज खड्काले सम्हालेका छन्।
फिल्मका गीतमा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ भने मेलिना राई र लक्ष्मी मल्लले स्वर दिएका छन्। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
फिल्मलाई लिएर निर्माण टिम उत्साहित देखिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २१, सोमबार २०:२०व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
समाचार२०८३ बैशाख २१, सोमबार १९:४१रामकोट माविका १०७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २१, सोमबार १९:१२धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २१, सोमबार १७:१८एलिना चौहानको गीत ‘चक्मा’ मा हट अवतारमा मेनुका माझी








