प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?

काठमाडौं–  प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेभसाइटमा हेर्न सकिन्छ ।

सार्वजनिक गरिएको सम्पति विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको अचल सम्पतिका रुपमा काठमान्डौमा ५ आनामा र धनुषामा करिब सवा विघा जग्गामा घर र महोत्तरीमा ९ विघा जग्गा रहेको छ । त्यसैगरी प्रधानमन्त्री शाहको नाममा बैंकमा १ करोड ४६ लाख रुपैया नगद रहेको र उहाँकी श्रीमतीको नाममा १ सय ९० तोला सुन रहेको सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शाहले बैंकमा रहेको १ करोड ४६ लाख रुपैया फेसबुक, युट्युब, टिकटक लगाएत सामाजिक संजालबाट आम्दानी भएको उल्लेख गर्नुभएको छ । उहाँले अन्य सम्पत्तिको शीर्षकमा फेसबुक युट्युब र टिकटकमा रहेका आफ्ना फलोअरहरुको संख्यालाई पनि सम्पतिको रुपमा पेश गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेको नाममा घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको उल्लेख छ । यसैगरी गृहमन्त्री सुधन गुरुङको नाममा ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको करिब ३० रोपनी जग्गा, घर, २२ तोला सुन, करिब १० लाख नगद र विभिन्न कम्पनीहरुको सेयर रहेको छ ।
उर्जामन्त्री विराजभक्त श्रेष्ठको नाममा काठमाडौंमा २ वटा घर, १५ तोला सुन, करिब १ करोड नगद र विभिन्न कम्पनीका शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

कसको सम्पत्ति कति सम्पत्ति ?

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   2   =  

Protected by Spam Master