पोखरामा जारी कोटिहोममा भोलि देखि वाचन प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महायज्ञमा भोलि (आइतवार ) देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। उनका अनुसार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले जेठ ३ गते सम्म प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
आज शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन् । उनले महायज्ञमा ९ दिनसम्म कथा प्रवचन गरेका थिए । पंराकुशजीको विदाई कार्यक्रममा भक्तजन भावुक भएका थिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
यसै गरी पोखराका जारी कोटिहोममा शनिबावर प्रमुख अतिथिको रुपमा रहेका नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विश्व शान्तिको स्थापनाका निम्ति पोखरा जारी कोटिहोम कडिको रुपमा रहेको बताएका छन् ।
शर्माले कलियुगको अत्यन्त ठूलो महायज्ञ भएकोले यो महायज्ञले विश्व शान्तिको स्थापना गर्न महत्वपूर्ण सन्देश दिएको बताए ।
‘कलियुगमा यज्ञ गर्ने कमै हुन्छन्, अझै महायज्ञ गर्ने त विरलै भेटिन्छ’ शर्माले भने,‘कलियुगमा यति ठूलो ऐतिहासिक महायज्ञ गर्ने चानेचुने कुरा होइन्, यो महायज्ञको जति नै प्रशंशा गरे नि कमै हुन्छ ।’
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले गरेको यो कार्य उदाहरणीय भएको बताउँदै उनले यहाँ आउने भक्तजनले सकरात्मक उर्जा लिएर जानुपर्नेमा जोड दिए ।
‘म यहाँ अतिथि भन्दा पनि यो महायज्ञको दर्शन गर्न आएको हो’ उनले भने, ‘जव महायज्ञ स्थल आएर दर्शन गरे म अचम्मित भए कि पोखरामा यति ठूलो महायज्ञ गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।’ महायज्ञले सकारात्मक सन्देश दिएको बताउँदै उनले यो महायज्ञबाट सवैले सकरात्मक उर्जा लिएर जान आग्रह गरे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द







