चालिस बर्ष पछि रसुवाको मुलखर्कमा सडक ढलान गर्ने कार्य सुरु

रसुवा- २०४२ सालमा निर्माण गरिएको पसाङ्ल्यामु मार्ग अन्तर्गत रसुवाको मुलखर्क सडक चालिस बर्षपछि पक्की बन्न लागेको छ । सडक डिभिजन कार्यालय नुवाकोटले मुलखर्क क्षेत्रमा सडक ढलानको कामलाई अघि बढाएसँगै मुलखर्क सडक चालिस बर्ष पछि पक्की बन्न लागेको हो ।
अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडकको मुलखर्कको यो भाग चालिस बर्ष यता भौगोलिक अबस्था देखाउदै कालोपत्रेसम्म पनि हुन सकेको थिएन । जसका कारण सवारी साधन आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो ।
अत्यधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडक भन्दा ढलान सडक बढी टिकाउ बन्दै गएपछि पासाङ्ल्यामु मार्गको मुलखर्कमा सडक ढलानको काम गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

सडक साँघुरो र खाल्डाखुल्टी त्यसमाथि पनि भासिने, पहिरो जाने समस्याले बर्षेनी बर्षातका समयमा सवारी सञ्चालनमा कठिनाइ भएका स्थानमा सडक ढलानको कार्यलाई तीव्रता दिँदै गएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख सुबोधकुमार देबकोटाले बताउनुभयो ।
अघिल्लो बर्ष गरिएको सडक ढलान टिकाउ भएसँगै मुलखर्कमा यस बर्ष भ्याटसहित तीन करोड चार लाख बहत्तर हजार रुपैयाँको लागतमा आठ सय पचास मिटर थप सडक ढलानको काम गरिएको हो ।
चार दशक अघिदेखि मूलखर्क तथा राम्चेका विभिन्न स्थानमा सडकको अवरोध भोग्दै आएका यातायात सञ्चालक तथा रसुवाका उत्तरी क्षेत्रका बासिन्दामा यस खालको कामले स्थानीय विकास र यातायातमा सुधार संगै दिगोपन ल्याउने बिश्वास उनीहरुले गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक







