अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

काठमाडाै। हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनले आफ्नो करियरमा नयाँ कोसेढुङ्गा छुने भएका छन् । खासमा उनका छोरा युग देवगनले पनि नयाँ सुरुवात गरिरहेका छन् । खास कुरा के हो भने बाबु छोराको यो फरक र नयाँ सुरुवात सँगैसँगै भइरहेको छ । बुबाको पाइला पछ्याउँदै अब युगले पनि फिल्मी दुनियाँमा डेब्यु गर्दैछन्।

अजय देवगन र युग देवगनले आगामी हलिउड फिल्म ‘कराटे किडः लेजेन्ड्स’ को हिन्दी संस्करणमा सँगै आवाज दिएका छन् । ज्याकी च्याङको आवाजमा अजय देवगन बनेका छन् भने ली फोङको क्यारेक्टरमा युगले स्वर दिएका छन् । युगको फिल्मी संसारमा यो पहिलो अनुभव हुनेछ । तर, अजयले पहिलो पटक अन्तर्राष्ट्रिय फिल्मका लागि आवाज दिएका हुन् ।

काजोल र अजय देवगनका छोरालाई फिल्मी दुनियाँको मन छ । उनी आफ्ना बुवाको आगामी फिल्म  ‘सन अफ सरदार २’ को सुटिङका ​​क्रममा पनि सेटमा देखिएका थिए । युगले अभिनयमा डेब्यु नगरेको हुन सक्छ तर अहिले उनी आफ्नो आवाजको जादु फैलाउन तयारी अवस्थामा छन् ।

सोनी पिक्चर्स इन्टरटेनमेन्ट इन्डियाले अजय देवगन र युग देवगनसँग मिलेर यो पहल गरेको हो । यसमार्फत अजय पहिलो पटक आफ्नो छोरासँग काम गर्दैछन् । यो तस्विर हिन्दी र अंग्रेजीका साथै तमिल र तेलुगुमा पनि रिलिज हुनेछ । ज्याकी च्यानको यो फिल्म मे ३० मा भारतमा रिलिज हुँदैछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =  

Protected by Spam Master