सिद्धलेक गाउँपालिकामा महिलासम्बन्धी प्रजनन स्वास्थ्य शिविर सम्पन्न

धादिङबेशी,४ जेष्ठ । सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटारस्थित श्री महाकाली माध्यमिक विद्यालयमा आयोजित एकदिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिकाको आयोजनामा र धादिङ अस्पताल धादिङको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।
२०८२ साल जेठ ३ गते सम्पन्न शिविरको उद्घाटन सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा ज्युको प्रमुख आतिथ्यतामा र वडा नं ७ का वडाध्यक्ष सानो गिरि ज्युको अध्यक्षतामा गरिएको थियो । कार्यक्रमको शुभारम्भ १०४ वर्षीया वयोवृद्ध जानुका देवी रिमालको रक्तचाप परीक्षण गरेर गरियो ।
स्वास्थ्य शिविरमा जम्मा २०२ जना महिलाको स्वास्थ्य परीक्षण गरियो । जसमध्ये १३० जनाको (VIA) परीक्षण गरिएको थियो, जहाँ १ जनामा रियाक्टिभ पोजेटिभ नतिजा देखिएको छ । त्यस्तै, १३ जनामा आङ खस्ने समस्या, २ जनामा पिसाब चुहिने समस्या, र ७ जनामा पाठेघरसम्बन्धी अन्य समस्या देखिएको थियो । जटिल समस्या देखिएका बिरामीहरूलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य शिविरमार्फत स्तन क्यान्सर परीक्षण, पाठेघरको मुखको क्यान्सर पहिचान, आङ खस्ने समस्या र पिसाब चुहिने समस्याको पहिचान एवं रिङ प्रेसरी राख्ने उपचार सेवा पनि प्रदान गरिएको थियो ।
स्थानीय सरकारको पहलमा आयोजित यस प्रकारको शिविरले ग्रामीण भेगका महिलाहरूको स्वास्थ्य सचेतना अभिवृद्धि र समयमै रोग पहिचानमा सहयोग पुग्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २१, शनिबार ०९:१६फाइनल खेलमा सिङ्गापुर विरुद्ध राम्रो सुरुवात गर्दै नेपाल
खेलकुद२०८२ असार २१, शनिबार ०८:४६सिङ्गापुर विरुद्धको फाइनल खेलमा बलिङ गर्दै नेपाल
समाचार२०८२ असार २१, शनिबार ०८:२३नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार २३:१८कलाकार लक्ष्मी श्रेष्ठको निधन