नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो ।
सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इङ्ग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन् ।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो । एक सय १५ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् । यसैगरी रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१, पुजा महतोले १३, राजमती ऐरीले आठ तथा रुवि पोदारले अविजित ६ रन बनाइन् ।
बलिङतर्फ युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले एक एक विकेट लिए ।
यसअघि युएईका लागि ११४ रन बनाउने क्रममा कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए ।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए । यसअघि सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ । अब नेपालले सुपर–३ को अन्तिम खेल मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल